• शनिबार, साउन ९ २०८३

साउदी सरकारले जरिवाना मिनाहा गरिदिएपछि नेपाल फर्किए कृष्णकुमार तामाङ


आइतबार, फाल्गुन १४ २०७९
1.1K
Shares

साउदी अरब सरकारले ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरिदिएपछि एक नेपाली स्वदेश फर्किएका छन् ।

विगत दुई वर्षदेखि चोरीको आरोपमा त्यहाँको आभास्थित जेलमा रहेका नेपाली नागरिक कृष्णकुमार तामाङलाई अदालतको फैसलामार्फत तोकिएको जरिवाना ५८ हजार साउदी रियाल जरिवाना मिनाहा गरी स्वदेश फर्काइएको जेद्धास्थित महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका अनुसार साउदी सरकारका अदालत, जेल तथा अन्य सम्बन्धित निकायहरुसँगको निरन्तर बैठक, छलफल तथा अनुरोध पश्चात् पीडित तामाङको जरिवाना मिनाहा गराउन सफल भएको जनाएको छ ।

त्यसपछि दूतावासले उनको यात्रा प्रतिबन्ध फुकुवा गराई नेपाल जानका लागि आवश्यक पर्ने एक्जिट भिसा प्राप्त गरेको र साउदी सरकारसँग समन्वय गरेर हवाई टिकटको व्यवस्था गरी नेपाल फर्काइएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार