• सोमबार, साउन ११ २०८३

लकडाउन पालना गर्दै ईदको नमाज पनि घरमै पढ्न मुस्लिम आयोगको आग्रह


आइतबार, जेष्ठ ४ २०७७
860
Shares

राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रकादिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको आइतबार बसेको बैठक पछि आयोगले विज्ञप्ती प्रकाशित गर्दै ईदु–उल–फित्रका दिनपनि घरमै बसेर नमाज पढ्न आग्रह गरेकाे हाे ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिद एंव इदगाहहरुमा गई सामुहिक नमाज पढ्ने गरिन्छ ।

यस वर्ष कोरोना भाइरसको महामारी लकडाउनको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सबैलाइ आग्रह गरेका हुन् ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत सकेर अन्तिम दिनमा ईद–उल–फित्र मनाउने गरिन्छ ।

ईदलाई आपसी सद्भावको चाडको रुपमा पनि हेरिने गरिएको छ । यस वर्षको ईद–उल–फित्र लकडाउनका बिच आगामी सम्भवत आइतबार मनाईदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार