• शनिबार, साउन ९ २०८३

एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा गणेश सेढाई


बुधबार, फाल्गुन १० २०७९
970
Shares

गाेरखा । एकिकृत अखिल नेपाल शिक्षक संगठनको सातौँ जिल्ला अधिवेशन मंगलवार सम्पन्न भएको छ । अधिवेशनले गणेश सेढाईको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा देवका भट्टराई, सचिव शिब यादब, कोषाध्यक्ष मिनबहादुर नेपाली चयन भएका छन् । यस्तै अन्य २९ जना सदस्य रहेको एकिकृत अखिल नेपाल शिक्षक संगठनको कमिटि निर्माण गरिएको सचिव शिव यादबले बताए ।

संगठनका अध्यक्ष बाबुराम विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अधिवेशनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिराज अधिकारी, अमर तमु, लेखबहादुर थापा लगायतले मन्तब्य राखेका थिए । अधिवेशनमा गोरखाका बिभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार