• शनिबार, साउन ९ २०८३

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को अध्यक्षमा सन्तोष प्याकुरेल


बुधबार, फाल्गुन १० २०७९
1.4K
Shares

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) को चौथो साधारणसभाले सन्तोष प्याकुरेलको नेतृत्वमा नयाँ कार्यसमितिी चयन गरेको छ ।

साधारण सभाले प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

जसको उपाध्यक्षहरु भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिब दिपक कोइराला, सचिबहरु प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरुमा सुर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारी रहेका छन् ।

नेका शैक्षिक परामर्श क्षेत्रमा रहेको संगठन हो । जसले विदेशमा अध्ययन गर्न जाने विधार्थीहरुको लागि निति नियममा बसेर उचित परामर्श दिदै समाजमा देखिएका विकृती र विसङ्गती विरुद्घमा आवाज उठाउदै आइरहेको छ ।

नेकाले सामाजिक दायित्व अन्तर्गत विपत्तिमा परेकाहरुलाई सहयोग गर्ने, विदेशमा अध्ययनमा गएका विधार्थीहरुलाई अप्ठ्यारो परिस्थितिमा सहयोग तथा सहजिकरण गर्ने, विद्यार्थी तथा अभिभावकहरु सँग वैदेशिक अध्ययन सम्बन्धि अन्तक्रिया गर्ने लगायत वैदेशिक कलेजहरु तथा त्यसका प्रतिनिधिहरुको विकृति बिरुद्ध शसक्त रुपमा आवाज उठाउने कार्यलाई निरन्तरता दिंदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार