सरकारले लकडाउन जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ।
आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै थप १५ दिन लकडाउन बढाउने निर्णय गरेको हो।
चैत ११ गतेदेखि निरन्तर रुपमा लकडाउन गर्दै आएको छ।
सरकारले यसअघि विभिन्न चरणमा पाँच पटक लकडाउन थप गर्दै निरन्तरता दिइरहेको छ।