• सोमबार, साउन ११ २०८३

दुर्गा प्रसाईंका सहयोगीले गरे आत्मदाहको प्रयास


बुधबार, फाल्गुन १० २०७९
775
Shares

काठमाडौँ । दुर्गा प्रसाईका सहयोगीले गरे आत्मदाहको प्रयास गरेका छन् । झापास्थित प्रसाई सञ्चालक रहेको बीएण्डसी अस्पतालका कर्मचारीले आत्मदाहको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापामा अनुसार विजय चौधरी नामका ती व्यक्तिले बिर्तामोडको मुक्तिचोक मंगलबार दिउँसो ४ बजे शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

बिर्तामोड–७ निवासी ३४ वर्षीय चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। चौधरी अस्पताल सञ्जालक प्रसाईंको सहयोगीका रूपमा रहेका थिए।

पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका चौधरीलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी अटोमा बीएण्डसी अस्पताल लगेका थिए।

चौधरीको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।

आत्मदाहको प्रयास गर्नुको कारण नखुलेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार