• शनिबार, भाद्र २० २०८३

बिरामीको सुरक्षा सम्बन्धी कार्यशालामा सहभागी हुन स्वास्थ्यमन्त्री गिरीको टोली स्विट्जरल्यान्ड प्रस्थान


बुधबार, फाल्गुन १० २०७९
735
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। मन्त्री गिरी नेतृत्वको टोली मंगलबार राति स्विट्जरल्यान्ड प्रस्थान गरेको हो।

बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेको उनको सचिवालये जनाएको छ।

टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी रहेका छन्।

कार्यशाला स्विट्जरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरीमा आयोजना हुन लागेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार