• शनिबार, साउन ९ २०८३

स्ववियु चुनावमा काँग्रेस, माओवादी र नेकपा एसवीच तालमेलको तयारी


बुधबार, फाल्गुन १० २०७९
1.2K
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विद्यार्थी संगठनबीच तालमेलका लागि कार्यदल गठन भएको छ ।

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा गर्ने चुनावका लागि तालमेल गर्न कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूले कार्यदल समेत बनाएका छन् ।

तीन सदस्यीय कार्यदलमा नेविसंघबाट दिनेश शाही, अलिख क्रान्तिकारीबाट उपाध्यक्ष क्षितिज सापकोटा र अनेरास्ववियूबाट उपाध्यक्ष हिरेन्द्र शाही रहेका छन् ।

कार्यदल स्तरको छलफलपछि तीनवटा संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति निकाल्ने तयारी समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार