• सोमबार, साउन ११ २०८३

डा. सन्दुक रुइतलाई ईसा अवार्ड प्रदान


मंगलबार, फाल्गुन ९ २०७९
1.5K
Shares

काठमाडाैँ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित ईसा अवार्ड प्रदान गरिएकाे छ ।

मानवताका लागि सेवा गरेको भन्दै बहराइनका नरेश हमाद बिन इशा अल खलिफाले डा. रुइतलाई १० लाख अमेरिकी डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढीसहित सम्मान गरेका हुन् ।

बहराइनको राजधानी मनामास्थित इसा साँस्कृतिक केन्द्रमा आयोजित एक समारोहमाझ डा. रुइतलाई अवार्ड प्रदान गरिएको हो ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्ड दिने घोषणा गरेको थियो । 

उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार