काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री डा मथुराप्रसाद श्रेष्ठको आज मंगलबार अन्त्यष्टी गरिएको छ ।
पशुपतिस्थित आर्यघाटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र परराष्ट्र मन्त्री विमला राईले दिवंगत श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
डा श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ०४७ सालको अन्तरिम सरकारमा श्रेष्ठ स्वास्थ्यमन्त्री रहेका थिए ।