गोरखा । गोरखाको आरुघाट गाउपालिकाले शैक्षिक सत्र २०७९ को एसईई परिक्षामा सर्वोत्कृष्ठ अंक हासिल गर्ने विद्यार्थीलाई पचास हजार रुपैयाँको पुरस्कार दिने घोषणा गरेको छ ।
गाउँपालिका शिक्षा साखाको फागुन ५ गते बसेको बैठकले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
पढ्न चाहाने विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले पालिकाले उत्कृष्ठ अंक ल्याउने बिद्यार्थिलाई ५० हजार र एसईईमा बि प्लस वा सो भन्दा माथि लेराई प्राबिधिक धार पढ्न चाहेको तर पढ्न नपाएका १० जना बिद्यार्थिलाई ५० हजारको दरले छात्रबृित्त प्रदान गरिने गाउपालिका अध्यक्ष राजु गुरुङ्ले बताए ।
विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर र गरिब बिपन्न बर्गका बिद्यार्थीलाई पढ्नका लागी राहात स्वरुप छात्रबृत्ति प्रदान गर्न लागीएको अध्यक्ष गुरुङले बताए ।
