सुदीप श्रेष्ठ
गोरखा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षाको उदेश्य रोजगारी र जिबिको पार्जन बनाउनु गलत रहेको बताएका छन् ।
मंगलवार गोरखामा भएको अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै उनले शिक्षालाई रोजगारी र जिबिको पार्जनको रुपमा मात्र लिनु गलत रहेको बताएका हुन् ।
नेपालमा नै गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने बाताबरण सृजना गर्नुपर्ने बताए । ‘‘शिक्षामा कन्जुस्याई गरेर देश बन्दैन, हामिले यसको लागी सरकारमा बहस गरीराखेका छौ ।’ उनले भने ।
शिक्षकहरुको स्थर माथी उठाउन शिक्षामा नया प्रबिधि सिप सगँ जोड्न तालिम दिनुपर्ने, आर्थीक हैसीयत बृद्धी र सामाजीक मुल्य मान्यता बृद्धी गर्न सके मात्र शिक्षक स्थापित हुने उनले बताए ।
उनले शिक्षा क्षेत्रको भौतीक पुर्बाधार बिकास गर्ने, शिक्षाको योजना बनाउने नितिमा बिद्यार्थी र अभिभाबकलाई समग्र गराए मात्र नया समाजबादी शिक्षामा जाने समेत जानकारी दिए ।
‘समृद्धीलाई अगाडी बढाउन सबैलाई समग्रतामा हेरीनुपर्छ’ उनले भने, ‘ बिदेश जान बाध्य भएका युवा हरुलाई देसमै परीवार सगँ बसी श्रम पसीना आफ्नै माटोमा सञ्चित गर्ने परीस्थीति उत्पन्न गर्नु समृद्धी हो । शिक्षा क्षेत्रमा गुणात्मक परिर्बतन गर्न सके मात्र राष्ट्रको समृद्धिको लक्ष्य पुरा हुन्छ ।’
शिक्षाको मुख्य थलो भनेको सामुदायीक बिद्यालय र आङ्गीक क्याम्पस नै रहेको पनि बताए । क्रान्तिकारी शिक्षकको मुल भुमिका शिक्षा क्षेत्रको आमुल परिर्बतनमा केन्दिृत रहेको श्रेष्ठले बताए ।
सार्थक जिबनको बोघ गर्ने जिबन बाच्ने दिसा तर्फ मानिसहरुलाई अगाडी बढाउनु शिक्षाको मुल उदेश्य रहेको श्रेष्ठले बताए ।