• शनिबार, भाद्र २० २०८३

थप तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो


सोमबार, फाल्गुन ८ २०७९
780
Shares

कोभिड १९ विरुद्धको तीन लाख ४५ हजार ६०० डोज फाइजर खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत्  उपलब्ध भएको सो खोप आज बिहान कतार एयरबाट नेपाल आइपुगेको हो। 

यसअघि सात लाख डोज फाइजर खोप नेपाल आइसकेको छ। स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई बुस्टरका रुपमा दिन सो खोप ल्याइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार