• शनिबार, साउन ९ २०८३

अब नेपालबाट कतार र दुवईमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान नपाइने


सोमबार, फाल्गुन ८ २०७९
1.7K
Shares

काठमाडौँ । नेपाल सरकारले कतार र दुवईका लागि बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा पूर्व स्विकृती नदिने भएको छ ।

वैदेशिक रोजगार विभागले आज सोमबार एक विज्ञप्ती प्रकाशन गर्दै कतार र यूएईका लागि बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा पूर्व स्विकृती तत्कालका लागि स्थगित गरेको जनाएको हो ।

बाइक राइडर र ट्याक्सी चालक पदमा जाने नेपाली कामदारले कतार र दुवईमा अनावस्यक झण्झट र दुख पाएको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वस्विकृती रोकेको विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुषालले सिभिलखबरलाई बताए ।

सो पदमा गएका नेपाली कामदारहरु लामो समय समस्यामा परेको, स्विकृत मागपत्र बमोजिमको न्युनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम बिहिन बस्नु परेको, त्याहाको ट्राफिक ज्ञान नहुदा अत्याधिक जरिवाना तिर्न परेको, दुर्घटना समेत हुने गरेको लगायतका समस्या बढेको गुनासो र उजुरी दैनिक बढ्न थालेकाले तत्कालका लागि पूर्वस्विकृतीको कार्य बन्द गर्नै विभागले आज सोमबार नै निर्णय गरेको भुषालको भनाई छ ।

ति मुलुकहरुमा सो पदमा कामदार पठाउन सुरक्षित नदेखिएकाले् बैकल्पिक योजना निर्माण नहुँदासम्म सेवा स्थगित भएको उनले बताए ।

साथै विभागले दुवै देशका राजदुतावासलाई पत्र लेख्दै ति पदहरुमा मागपत्र प्रमाणिकरण नगर्न समेत अनुरोध गरिएको भुषालले सिभिलखबरसंग बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार