काठमाडौँ । नेपाल विधालय कर्मचारी परिषदको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
देशभरका सामुदायिक विधालयमा कार्यरत कर्मचारीहरुको साझा संस्थाका रुपमा रहेको परिषदको राष्ट्रिय सम्मेलन आज र भोली डिल्लीबजारको नेपाल साँस्कृतिक संघको सभाहलमा चल्ने परिषदका अध्यक्ष गंगाराम तिवारीले सिभिलखबरलाई जानकारी दिए ।
विधालयमा बर्षौदेखि कार्यरत कर्मचारीहरुलाई सरकारले विभेद गरेको भन्दै गत भदौ १ देखि चरणवद्ध आन्दोलनमा रहेको परिषदको सम्मेलनमा देशभरबाट ४ सय बढी प्रतिनिधी सहभागी भएको अध्यक्ष तिवारीले बताए ।
सामुदायिक विधालयमा कार्यरत कर्मचारीलाई सरकारले उपेक्षा गर्दै श्रम शोषण गरेको, उचित पारिश्रमिकबाट बञ्चित गराएको, योग्यताअनुसार सेवा सुविधा नदिएको भन्दै समस्या समाधान गर्न बिभिन्न माग परिषदले राख्दै आएको छ ।
राष्ट्रिय सम्मेलन मार्फत सरकारलाई दवाव सृजना गर्ने परिषदको तयारी छ । परिषदले सरकारसंग माग गर्दै आएको फाइल अर्थ मन्त्रालयले अड्काएको उनिहरको आरोप पनि छ ।
दुई दिने राष्ट्रिय सम्मेलन मार्फत सरकारलाई दवाव सृजना गर्न काठमाडौ घोषणा पत्र सार्वजानिक गर्ने र देशभर पुन चरणवद्ध आन्दोलनको तयारुी गर्न समेत सम्मेलन आयोजना गरिएको परिषदका अध्यक्ष तिवारीले सिभिलखबरलाई बताए ।