• शनिबार, साउन ९ २०८३

विपन्न, दलित र मुस्लिम समुदायका ५६० विधार्थीलाई निशुल्क पढाउन सिटिइभिटीले आवेदन खोल्यो


सोमबार, फाल्गुन ८ २०७९
1.3K
Shares

काठमाण्डौ । विपन्न, दलित र मुस्लिम समुदायका ५६० विधार्थीलाई निशुल्क पढाउन सिटिइभिटीले आवेदन खुल्ला गरेको छ ।

आज फागुन ८ गते प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिइभिटी)को परिक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गर्दै बिभिन्न शैक्षिक कार्यक्रम अन्तरगत ५६० जनाका लागि निशुल्क अध्ययन गर्न प्रवेश परिक्षाको आवेदन खुल्ला गरेको हो ।

जसमा १६० जनालाई प्रि डिप्लोमा र ४०० जनालाई डिप्लो अर्थात प्रमाणपत्र तहमा पूर्ण छात्रवृत्ती कार्यक्रमका लागि सिटिइभिटीले आगामी फागुन २८ गतेसम्मको समयसिमा तोकेर आवेदन खुल्ला गरेको हो । जसमा देशभरका लक्षित वर्गले आवेदन दिन सक्ने बताइएको छ ।

सूचना अनुसार प्रि डिप्लोमा तहमा एग्रिकल्चर, फरेष्ट्री, अटो मोबाइल्स इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ कार्यक्रम रहेका छन् । त्यस्तै प्रमाणपत्र तहमा सिभिल इन्जिनियरिङ, एग्रिकल्चर, जियोमेटिक्स इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ लगायतका कार्यक्रम रहेको सिटिइभिटीले जनाएको छ ।

साथै सिटिइभिटीले आवेदन बुझाउन ७ वटै प्रदेशमा स्थान समेत तोकेको छ । आवेदन बुझाउन स्थायी बसोबास रहेको प्रदेशबाट मात्रै मिल्ने बताइएको छ ।

प्राविधिक शिक्षा छात्रवृत्तीमा सहभागी हुन इच्छुक लक्षित वर्गका विधार्थीले प्रतिस्प्रर्धा गर्न फागुन २८ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

हेर्नुस सूचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार