• शनिबार, भाद्र २० २०८३

‘ग्लोबल मन्त्रीस्तरीय शिखर सम्मेलन’मा सहभागि हुन स्वास्थ्यमन्त्री गिरी स्विट्जरल्याण्ड जाने


सोमबार, फाल्गुन ८ २०७९
865
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्विट्जरल्यान्ड भ्रमणमा जाने भएका छन्।

फागुन ११ देखि १२ सम्म स्विट्जरल्यान्डमा हुन लागेको दुई दिवसीय पाँचौं ‘रोगी सुरक्षामा ग्लोबल मन्त्रीस्तरीय शिखर सम्मेलन’मा सहभागि हुन स्वास्थ्य मन्त्री गिरी स्विट्जरल्याण्ड जाने भएका हुन्।

फागुन ४ गते बिहीबार बसेको बैठकले उनलाई स्विट्जरल्याण्ड जान स्वीकृति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यसबारे जानकारी गराएकी हुन्।

त्यस्तै मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य मन्त्रालय सेवाका विभिन्न समूहका अधिकृतहरूलाई स्वास्थ्य सेवाका एघारौं तहमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार