काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आफ्ना जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो ।
गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैक्षिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् ।
आँबुखैरेनी गाँउपालिकामा ३५ वटा सामुदायिक विद्यालयमा करिब विद्यार्थी ४३ सय विद्याथी रहेका छन् ।