• सोमबार, साउन ११ २०८३

पूर्वस्वास्थ्यमन्त्री डा मथुराप्रसाद श्रेष्ठको निधन


सोमबार, फाल्गुन ८ २०७९
905
Shares

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका ६ छोरा र एक छोरी छन् ।

उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार