• सोमबार, साउन ११ २०८३

कोरोनाविरुद्धको बुस्टर डोज प्रदेशलाई वितरण गरिँदै


आइतबार, फाल्गुन ७ २०७९
690
Shares

कोरोना भाइरस संक्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) प्रदेशहरुमा वितरण कार्य सुरु गरिएको छ। सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले फागुन १ र ४ गते गरेर झन्डै सात लाख डोज खोप दिएको छ। 

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख डोज चार चरणमा उपलब्ध गराइने सहमति भएको छ। 

‘दुई लट खोप आइसकेको छ’, उनले भने, ‘भोलि फेरि तीन लाख ४५ हजार आउँदै। बाकि रहेको एक लट केहि दिनमै आउँने छ।’

बाइभ्यालेन्ट खोप बुस्टर डोज खोप नेपालमा पहिलो पटक भित्रिएको उनले जानकारी दिए। ‘यो खोप ओमिक्रोनको सब–भेरिएन्टका विरुद्ध बढि  प्रभावकारी मानिएको छ’ उनले भने। 

उक्त बुस्टर डोज गण्डकी प्रदेशमा हिजो नै पठाइसकेको र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भोलिसम्म पठाइसक्ने उनको भनाइ छ।

बाँकी रहेको प्रदेशमा त्यसपछि पठाइने छ। 

उनी भन्छन् ‘बुस्टर डोज कहिले सुरु गर्ने भन्ने चाहि  प्रदेश र जिल्लाहरुले आफ्नै हिसाबले संचालन गर्ने भनेका छन्।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार