• शनिबार, साउन ९ २०८३

१ लाख २६ हजार कतारी रियालसहित टर्किस नागरिक विमानस्थलबाट पक्राउ


आइतबार, फाल्गुन ७ २०७९
1.3K
Shares

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक विदेशी नागरिक पक्राउ परेका छन्।

विदेशतर्फ लैजान लागिएको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्किस् नागरिक २९ वर्षीय हिदिल सियान सारिकामारलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई विमानस्थल प्रहरीले शनिबार पक्राउ गरेको थियो। एयर इण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार