काठमाडौं । यस बर्षको राधा क्यान्सर सचेतना तथा महिला हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार कमला गुरूङलाई प्रदान गरिने भएको छ ।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक बर्ष प्रदान गरिने २० हजार रूपैयाँ राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकारितामा कृयाशिल गुरुङलाई प्रदान गरिने भएको हो ।
पुरस्कार फागुन ९ गते कावासोतीमा प्रदान गरिने तय भएको बताइएको छ । पुरस्कारका लागि छनोट भएकी गुरुङ स्वास्थ्य पत्रकार मञ्चकी सचिव समेत हुन् ।
फाउण्डेसनले स्व राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरूद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एकजना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ।
विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो। एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन्।