रौतहटमा थप १० जना कोरोना संक्रमित देखिएका छन्।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे स्वाबकाे पीसीआर परीक्षणमा राैतहटका १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
थपिएका ती १० संक्रमितमा राैतहट राजापुर नगरपालिका-९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष र राैतहट इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष नै छन्। अहिलेसम्मकाे विवरणअनुसार उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरु स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे मन्त्रालयले जनाएकाे छ।
यीसमेत नेपालमा काेराेना संक्रमण पुष्टि भएका व्यक्तिकाे संख्या २९१ पुगेकाे छ।