पोखरा । पोखरा विश्वविद्यालयका विद्यार्थी बोकेको बस खोलामा खसेको छ । पोखराको डाँडाँनाक प्रहरी चौकी अगाडीबाट माइक्रो वस खोलामा खसेको हो ।
करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकीनजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बसमा अधिकांश यात्रु पोखरा विश्वविधालयका विधार्थी रहेको स्थानीय सन्दिप पौडेलले बताए । दुर्घटनापछि घाइते भएकाहरुको उद्धार गरी गण्डकी हस्पिटल पु¥याइएको छ ।
बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

तस्विर: सन्दिप पौडेल /पोखरा