• शुक्रबार, भाद्र १९ २०८३

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु


आइतबार, जेष्ठ ४ २०७७
935
Shares

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज (आइतबार) मृत्यु भएको छ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोइन खानले जानकारी दिए।

उनकाे कोरोना परीक्षणका लागि स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार