• शनिबार, साउन ९ २०८३

जापानमा मात्रै कार्यरत छन् करिब सवा लाख नेपाली श्रमिक


शनिबार, फाल्गुन ६ २०७९
910
Shares

काठमाडाैँ। जापानमा मात्रै करिब सवा लाख नेपाली श्रमिक कार्यरत रहेकाे तथ्यांक जापानको श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले सार्वजानिक गरेकाे छ ।

मन्त्रालयले हालै सार्वजानिक गरेकाे तथ्यांक अनुसार जापानमा १ लाख १८ हजार १९६ जना नेपाली श्रमिक कार्यरत रहेका छन् । जुन जापानकाे श्रमिककाे प्रतिशतमा ६.५ हुन आउछ ।

जापानलाई सबैभन्दा धेरै श्रमिक उपलब्ध गराउने विदेशी मुलुकमा भियतनाम पहिलो नम्बरमा छ । तथ्याङ्कअनुसार १८ लाख २२ हजार ७२५ कुल विदेशी कामदारमध्ये ४ लाख ६२ हजार ३८४ जना भियतनामी कामदार जापानमा कार्यरत छन् ।

माथि उल्लेखित तथ्याङ्कमा पार्टटाइम काम गर्नेहरुको संख्यासमेत समावेश गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार