पोखरा । गण्डकीका ३ जिल्लामा हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान चलाइने भएकाे छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये लमजुङ, पर्वत र बाग्लुङ गरि ३ जिल्लामा १४ औं चरणमा राष्ट्रिय हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान चलाइने भएकाे हाे ।
जस अन्तरगत आम औषधि सेवनका लागि लमजुङ जिल्लामा जम्मा १ लाख ४९ हजार ५ सय २१ जना, पर्वत जिल्लामा १ लाख २८ हजार ८ सय ७४ जना तथा वाग्लुङ जिल्लामा २ लाख ४६ हजार ६ सय ४६ जना गरि जम्मा ५ लाख २५ हजार ४१ जनामा औषधी खुवाउने लक्ष्य रहेको छ।
अभियान फागुन ११ गते देखि सुरु गरिने स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।