धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकमा एकसाथ हुने बहुरुग्णता रोगको विशेष उपचार सेवा बिहीबारदेखि सुरु गरेको छ ।
प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले वृद्धवद्धालाई सहज उपचार उपलव्ध गराउन यसका लागि फ्राइल्टी/मल्टी मोर्बिडिटी क्लिनिक नामले छुट्टै ओपीडी सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले यसका लागि १० महिनादेखि तयारी गरिरहेको थियो ।
नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) बाट यसै विषयमा विशेषज्ञता हासिल गरेर आएकी डा. ऊर्जा भट्टराईले हरेक बिहीबार ज्येष्ठ नागरिकलाई उपचार सेवा दिने प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानले बताइन् । प्रतिष्ठानमा सुरु भएको थप विषेशज्ञ सेवा हो ।