• शनिबार, साउन ९ २०८३

एमाले निकट विधार्थी संगठन अनेरास्ववियुकाे अध्यक्षमा समिक बडाल निर्वाचित


शुक्रबार, फाल्गुन ५ २०७९
1.8K
Shares

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विधार्थी यूनियन (अनेरास्ववियु) को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । नेकपा एमाले निकट अनेरास्ववियुकाे २३ औं राष्ट्रिय महाधिवेशनबाट बडाल अध्यक्षमा विजयी भएका हुन् ।

अन्तर्गत गएराति सम्पन्न भएको निर्वाचनबाट निवर्तमान महासचिव समेत रहेका वडालले आरसी लामिछाने र माेती विकलाई हराउदै विजयी बनेका हुन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खस्दा वडालकाे पक्षमा ९६२ मत आएकाे थियाे । त्यस्तै अर्का प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाए ।

यसैगरी अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार