• शनिबार, साउन ९ २०८३

क्यानडा पठाइदिन्छु भन्दै २० लाख ठगेको आरोपमा पक्राउ


बिहिबार, फाल्गुन ४ २०७९
920
Shares

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका प्रहरीले जनाएको छ ।

उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ लिएका प्रहरीको दाबी छ ।

थापालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार