काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको आरोपमा गोंगबुबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख भगवतीमाईका तोपेन्द्र सिंह रहेका प्रहरीले जनाएको छ ।
उनीसहितका व्यक्तिले ६ लाख रुपैयाँमा खर्चमा वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।