काठमाडौँ । खानेपानी सम्बन्धी नागरिकको गुनासो सुन्न खानेपानी मन्त्रालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आज बिहिबार मन्त्रालयमा एक कार्यक्रमकावीच खानेपानी मन्त्री अब्दुल खानले गुनासाे सुनुवाई इकाईका रुपमा कल सेन्टरको शुभारम्भ गरेका हुन् ।
खानेपानीसंग सम्बन्धित देशभरका नागरिककाे गुनासो तथा सूचनाहरु सुन्न र त्यसको तत्काल सम्बोधन गर्नका लागि मन्त्रालयले कल सेन्टर सञ्चालनमा ल्याएको मन्त्री खानले बताए ।
देशका जुनसुकै स्थानबाट सेन्टरको ११७१ नम्बरमा फोन गर्दा पैसा लाग्दैन । सो नम्बरमा फोन गरेर खानेपानीसम्बन्धी गुनासो, समस्या वा सुचना लिन वा दिन सकिने उनको भनाई छ ।
‘सूचना पाउने, समस्या र गुनासो राख्न पाउने जनताको अधिकार हो’ कार्यक्रमलाई सम्बाधेन गर्दै मन्त्री खानले भने ‘हामी जनताको अधिकारलाई प्रत्याभुत गराउन चाहान्छौ, गुनासो र समस्या सुन्ने मात्रै होइन, त्यसलाई तत्काल रेस्पोन्स पनि गछौ ।’
उनका अनुसार कल सेन्टरमा खानेपानीकाे ब्यक्तिगत समस्यादेखि, आयाेजना वा कार्यालय साथै मन्त्रालयसंग सम्बन्धित सम्पूर्ण सूचना वा गुनासाे राख्न सकिने छ । त्यस्तै यससंग सम्बन्धित कामकाे प्रगती, भ्रष्ट्राचार वा अनियमितताका बारे समेत सूचना प्रदान गर्न समेत मन्त्री खानले आम नागरिकलाई आह्वान गरेका छन् ।

कसरी हुन्छ गुनासो सुनुवाई ?
मन्त्री खानका अनुसार कल सेन्टरमा सुचना लिने र समस्या सुन्ने मात्रै काम नहुने बताएका छन् । खानेपानी सम्बन्धमा जनतालाई परेका समस्या र पिरमर्कालाई तत्काल सम्बोधन गर्नेगरी मन्त्रालयमा शाखा अधिकृतको संयोजकत्वमा ४ सदस्यिय इकाई नै गठन भएको छ ।
कल सेन्टरलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले शाखा अधिकृतसहित ४ जनालाई फरक फरक जिम्मेवारी प्रदान गरिएको खान बताउछन् ।
जसमा शाखा अधिकृतले गुनासो वा समस्या सुनेपछि कल सेन्टरमा रहेका अन्य ३ जनाले त्यसलाई सम्बन्धित शाखा वा निकायसम्म तत्काल पु¥याई सम्बाधेनका लागि प्रकृया थाल्नेछन् ।
त्यस्तै गुनासो सम्बोधनको अवस्था र प्रगतीका बारे समेत कल सेन्टरले गुनासोकर्तालाई सूचना दिने गरी ब्यवस्था मिलाइएको मन्त्री खानले बताए ।
कार्यालय समयमा उनिहरुले गुनासोकर्तासंग प्रत्यक्ष कुराकानी गर्ने तर कार्यालय बाहेकको समय वा सार्वजानिक विदाका दिन भने गुनासो वा सुचना रेकर्ड हुने ब्यवस्था मिलाइएको छ । जसलाई पछि सुनेर सम्बोधन गरिने मन्त्रालयका सचिव मणिराम गेलालले सिभिलखबरलाई बताए ।