• आइतबार, साउन ३१ २०८३

कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार गराउने विषयमा सम्झौता


बिहिबार, फाल्गुन ४ २०७९
795
Shares

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगङ्गा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार गराउने विषयमा सम्झौता भएको छ।  

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ओपन आइज नेपालले कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार गर्ने अस्पताललाई रु ११ लाख सहयोगस्वरुप उपलब्ध गराएको हो। जीवनान्त डायग्नोस्टिक सेन्टरसँग रेटिनोब्लास्टोमा बिरामीको निदान प्रक्रियाको रुपमा इमेजिङ (सीटीस्क्यान र एमआरआई) का लागि सहयोगस्वरुप रु तीन लाख उपलब्ध गराएको छ।

ओपन आइज नेपालले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, सिड्नी अष्ट्रेलियासँगको सहकार्यमा आगामी चार वर्षसम्म रेटिनोब्लास्टोमाबाट पीडित बालबालिकाको निःशुल्क उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार