• मंगलबार, साउन १९ २०८३

हज यात्राको लागि आवेदन खुल्यो, यस बर्ष नेपाललाई १२ सय जनाको कोटा


बिहिबार, फाल्गुन ४ २०७९
1.9K
Shares

पाल सरकारले सन् २०२३ को हज यात्राको लागि आवेदन खुलाएको छ। गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रामा जानको लागि इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरुलाई चैत्र ४ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

समितिका अनुसार सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा निर्धारण भइ आएको छ । समितिले उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्वीहरूले नेपाल हज समितिको सचिवालयको वेव साइट nepalhajj moha.gov.np मा रहेको हज आवेदन फारम Download गरी आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा हजको लागि पहिलो किस्ता वापत रू. २,२५,०००/- (अक्षेरूपी दुई लाख पच्चीस हजार मात्र) बुझाइ मिति २०७९ चैत्र ४ गतेभित्र आवेदन दिन आग्रह गरेको हो ।

समितिका अनुसार आवेदन दिंदा निम्न कागजातहरु समेत संलग्न गर्नुपर्ने छ:

१. नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपि- १ प्रति

२. राहदानी (MRP वा e-passport) को फोटोकपि – १ प्रति

 (राहदानी वाहकको पूर्ण विवरणः नाम, ठेगाना, जन्म मिति, लिङ्ग ( महिला/ पूरुष) तथा कार्यालयको छाप र हस्ताक्षर ठिक भए नभएको एकिन भएको र पासपोर्टको म्याद सकिने मिति सन् २०२३ डिसेम्बर ३० भन्दा पछिसम्म कायम रहेको)

३. हज शुल्क वापत पहिलो किस्तामा राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखामा रहेको नेपाल हज समितिको चल्ती खाता नं.११३००००३९६०१ मा रू. २,२५,००० (दुई लाख पच्चिस हजार मात्र) बुझाएको सक्कल भौचर – १ प्रति

४. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (सेतो ब्याकग्राउण्डमा खिचेको)- २ प्रति

५. Covid-19 विरूद्ध पूर्ण खोप लगाएको क्यू आर कोड सहितको प्रमाणपत्र- १ प्रति

६. आवेदकको बैंक खाताको चेकको फोटोकपि (श्रीमान् श्रीमतीको एकै भए हुने)-  १ प्रति

थप जानकारीको लागि नेपाल हज समितिको सचिवालय, सिंहदरवारको सम्पर्क फोन नं ०१-४२१११०४ /७२ मा सम्पर्क गर्न सकिने समितिले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार