• सोमबार, साउन ११ २०८३

ट्याक्टरबाट खसेर तनहुँमा युवकको ज्यान गयाे


शनिबार, जेष्ठ ३ २०७७
610
Shares

तनहुँ । डुम्रे वेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्याक्टरबाट खसेर शनिबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नपा वडा नं १ भन्सार बस्ने १८ वर्षीय नवीन परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भन्सारबाट पुर्कोटतर्फ ढुंगा लिएर जाँदै गरेको ग१त ५५०२ नंको ट्याक्टरमा सवार परियारको ट्याक्टरबाट लडेर घाइते भई लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार