• सोमबार, साउन ११ २०८३

जर्मनीले दियो नेपाललाई १५ लाख डोज कोरोना बिरुद्धको खोप


बुधबार, फाल्गुन ३ २०७९
845
Shares

काठमाडौं । जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदुत डा थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी लाई खोप हस्तान्तरण गरेका हुन् ।

राजदुत डा। प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्तखोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए ।

मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी जेष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं,’ मन्त्री गिरीले भने । मन्त्री गिरीले भूकम्पको बेला जर्मनीले गरेको सहयोगको खुलेर प्रशंसा गरे ।

२०७२ सालको विनासकारी भूकम्पको समयमा जर्मनीले स्वास्थ्य पूर्वाधार र अन्य प्राविधिक सहायताको क्षेत्रमा सहयोग गरेको थियो । त्यस्तै कोभिड–१९ को महामारीमा समेत जर्मन सरकारले स्वास्थ्य सामाग्री, भ्याक्सिन र आर्थिक सहायता प्रदान गरेको थियो ।

सन् १९५८ देखि नेपाल र जर्मनीबीच कुटनीतिक सम्बन्ध कायम भएको हो । यो सम्बन्धले ६५ वर्ष पुरा गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार