क्यान्सर रोगको जोखिम बढाउने धेरै कारकहरु छन् । त्यसमा हाम्रो जीवनशैलीसँग जोडिएका कुराहरुलाई प्रमुख मानिन्छ । हामी मध्ये धेरैले सोच्ने गर्छौं क्यान्सर रोग केवल वयस्कहरुलाई मात्रै लाग्ने गर्छ । तर, अहिले विश्वमा बच्चाहरुलाई पनि यो रोग देखिन थालेको छ र यो क्रम बढ्दो छ ।
बालबालिकामा हुने क्यान्सरको एक पारिवारिक इतिहास हुन सक्छ । जस्तै रेटिनोब्लास्टोमा अर्थात आँखाको क्यान्सर । राम्रो खानपान र सरसफाई राखेर यसबाट बच्न सकिन्छ । यद्यपि क्यान्सरको बचावको यो सटिक उपाय हो होइन भन्ने कुरा ठोस रुपमा भन्न सकिँदैन ।
प्रायः बालबालिकामा क्यान्सरका लक्षणहरू पहिचान गर्न गाह्रो हुन्छ, जसका कारण उनीहरूले पछि गम्भीर स्वास्थ्य समस्याहरूको सामना गर्नुपर्ने हुन्छ।
बाल्यकालमा हुने रोगहरु मध्ये क्यान्सर मृत्युको प्रमुख कारण बनेको छ। हरेक वर्ष नवजात शिशुदेखि १८ वर्षसम्मका बालबालिका ठूलो संख्यामा क्यान्सरको सिकार हुने गरेका छन्।
बालबालिकामा क्यान्सरका लक्षणहरू प्रायः प्रत्यक्ष रूपमा प्रतिबिम्बित हुँदैनन्, जसका कारण यो घातक रोग पत्ता लाग्न ढिलाइ हुन्छ। तर, केही लक्षणहरु अवलोकन गरेमा यो रोग चाँडै पत्ता लगाउन सकिन्छ।
बालबालिकामा हुने ६ प्रकारका क्यान्सरहरु
ब्लड क्यान्सर
ब्लड क्यान्सर बालबालिकामा सर्वाधिक हुने क्यान्सर मध्ये एक हो । यसको दुई प्रमुख प्रकार ब्ीी र ब्ःी हो । ब्ीी क्यान्सर भएको तुरुन्त थाहा भयो भने ९० प्रतिशतसम्म उपचार सम्भव हुन्छ । त्यस्तै ब्ःी मा उक्त दर ४० देखि ५० प्रतिशतसम्म मात्र हुन्छ ।
गर्दनको क्यान्सर
बालबालिकाको दोस्रो सबैभन्दा धेरै हुने क्यान्सर हो हजकिन्स र नन हजकिन्स लिम्फोमा क्यान्सर । क्यान्सर लिम्फ ग्रन्थि (गर्दनको ग्रन्थीहरु) मा हुन्छ ।
रेटिनोब्लास्टोमा
यो आँखामा हुने क्यान्सर हो । यो क्यान्सर नवजात शिशूमा एक महिनाको उमेरदेखि नै हुनसक्छ । विस्तारै विस्तारै क्यान्सरले आँखालाई ड्यामेज गर्दै मस्तिष्कसम्म पुग्न सक्छ । समयमा नै थाहा पाएमा आँखा बचाउन सकिन्छ ।
ब्रेन क्यान्सर
बालबालिकाको मस्तिष्कमा बिनाइन ट्यूमर पनि हुन सक्छ । यसबाहेक दिमागको भिन्दा– भिन्दै प्रकारको क्यान्सर पनि हुन सक्छ । यस बारेमा समयमा नै थाहा भयो भने उपचार सम्भव हुन्छ ।
न्यूरोब्लास्टोमा एड्रिनल ग्ल्यान्ड क्यान्सर
यो एड्रिनल ग्ल्यान्डमा हुने एक प्रकारको ट्यूमर हो । किड्नीको माथिल्लो भागमा एड्रिनल ग्रन्थिहरु हुन्छन् । बालबालिकामा यस प्रकारको क्यान्सर हुने खतरा धेरै हुन्छ ।
हड्डिको क्यान्सर
अस्टियोसरकोमा र इभिङ्ग्स सरकोमा हड्डिमा हुने क्यान्सर हो । यसको बारेमा पनि समयमा नै थाहा भयो भने उपचार सम्भव छ ।
बालबालिकामा क्यान्सर भए यस्ता लक्षण देखिन सक्छन्
बच्चामा निम्न लक्षणहरु देखिएमा यसलाई गम्भिरतापूर्वक लिनुपर्छ । यी मध्ये कुनै पनि लक्षण बारम्बार देखियो भने वा लगातार यस्तो भैरहेको छ भने तुरुन्त डाक्टरसँग परामर्श गर्नुपर्छ ।
-निरन्तर देखिएका लक्षणहरुको बारेमा चिकित्सा सहायता प्राप्त गर्नुहोस् ।
-आँखामा सफा धब्बाहरु, दृष्टिहिनता देखिएमा विचार गर्नुहोस् ।
-पेट र कोख, टाउको गर्धन, टेस्टिज ग्रन्थि आदिमा भएका गाँठोहरुलाई ख्याल गर्नुहोस् ।
-ज्वरो, तौल घट्ने, खाना नरुच्ने, थकान, एकाएक चोट लाग्ने वा रक्तश्राव हुने पनि एक लक्षण हुन सक्छ ।
-हड्डि, जोर्नी पिठ्ँयुमा दुखाई र सजिलै फ्याक्चर भएमा सचेत हुनुहोस् ।
-बच्चाको व्यवहार, सन्तुलन र उसको चालमा परिवर्तन आएमा र टाउको दुख्ने भएमा पनि यो क्यान्सरको लक्षण हुन सक्छ ।
(एजेन्सीको सहयोगमा)