धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।
स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याएर भेन्टिलेटरमा राख्ने क्रममा उनको निधन भएको थियो।
ती महिलाको शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।
मृतक त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते गते सुत्केरी भई २४ गते डिस्चार्ज भएर घर फर्केकी थिइन्।