• शनिबार, साउन ९ २०८३

दरबारमार्गमा खुल्यो शतप्रतिशत हलाल रेस्टुराँ, बन्न सक्छ अरेबियन स्वादका पारखीका लागि उपयुक्त गन्तब्य


बुधबार, फाल्गुन ३ २०७९
1.5K
Shares

काठमाडौँ । अरेबियन परिकारका पारखीहरूलाई लक्षित गर्दै दरबारमार्गमा हलाल रेस्टुराँ खुलेको छ । राजधानीमा बग्रेल्ती रेस्टुराँ खुले पनि अरेबियन परिकारहरूको स्वाद लिनका लागि रेस्टुराँ भेट्टाउनु दुर्लभ नै छ ।

अब त्यो रहर दरबारमार्गस्थित किङ्स लाउन्जको मुनि रहेको अरेबियन झझल्को दिने ‘द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ’ले पूरा गर्नेछ । एक करोड रुपैयाँभन्दा बढीको लगानीमा खुलेको यस रेस्टुराँमा शतप्रतिशत हलाल परिकारहरूको स्वाद लिन सकिनेछ । शुक्रबार नायक नाजिर हुसेनबाट रेस्टुराँको उद्घाटन भएको छ ।

‘द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम’अन्तर्गतको प्रेस्टिजिओ होल्डिङ्सले सुरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको सजावट अरेबिक शैलीको छ । अरेबिक सोफामा बसेर विभिन्न अरेबिक परिकारका साथै विशेष इन्डियन परिकारहरूको स्वाद लिने रहर द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ ।

करिब एक सयभन्दा बढी अरेबिक परिकारका साथमा इन्डियन परिकारहरू रेस्टुराँको मेनुमा उपलब्ध छन् । यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स (अरेबियन टी, गावा, टर्किस कफी, अरेबिक फ्लेवरमा हुक्काको पनि स्वाद लिन पाइनेछ । 

मजलिसमा पारिवारिक वातावरणमा बसेर आनन्द लिन सकिनेछ । यहाँ साउदी अरब, कुवेत, कतारमा काम गरेका अनुभवी दुई इन्डियन सेफहरूले तयार पारेका साउदी अरेबियन, लेबनानी, सिरियनलगायत स्पेसल परिकार र फ्रेस जुस चाख्न सकिनेछ । यो विशुद्ध खानाका लागि खुलेको पारिवारिक रेस्टुराँ हो । पढ्नमा रुचि हुनेहरूका लागि लाइब्रेरीको पनि सुविधा छ ।

साउदी अरेबियालगायत विभिन्न गल्फ देशबाट फर्केका ११ नेपाली व्यवसायीको समूहले सुरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले होम डेलिभरीको सुविधा पनि प्रदान गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार