• शनिबार, साउन ९ २०८३

नेपाली कामदारको सामाजिक सुरक्षामा रोजगारदाताले ध्यान दिन जरुरीः श्रम सचिव अर्याल


बुधबार, फाल्गुन ३ २०७९
2.6K
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड दिएका छन् ।

दुबईमा चलिरहेको विश्व सरकार शिखर सम्मेलनमा बोल्दै उनले नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विषयमा गन्तव्य मुलुकका सरकारहरूको ध्यानाकर्षण गराएका हुन् ।

उनले श्रमिकहरूको व्यावसायिक तालिमका विषयमा आफ्नो धारण राखेका छन् ।

सो अवसरमा उनले श्रमिकहरूका समस्याका विषयमा साझा धारणा बनाउन बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनामका श्रम मन्त्रीहरूसँग छलफल गरेका थिए । उक्त सम्मेलन ४ दिन सम्म चल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार