• शुक्रबार, साउन २९ २०८३

स्ववियू चुनावमा ५० प्रतिशत महिला सहभागिता गर्न माग


मंगलबार, फाल्गुन २ २०७९
1.2K
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को आसन्न चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग गरेको छ ।

अनेरास्ववियूले संविधानले ३३ प्रतिशत सुनिश्चित गरिसकेकोमा त्यसलाई ५० प्रतिशतमा लैजानुपर्ने माग राख्दै त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलाई ज्ञापन पत्र बुझाएको हो ।

‘आज नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता अनिवार्य अथवा ३३ प्रतिशत सुनिश्चित गरेको अवस्था छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसकारण त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते सम्बन्धन प्राप्त क्याम्पसहरुमा घोषणा गरेको स्ववियु निर्वाचनमा पनि कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउँदै ५० प्रतिशत महिला अनिवार्य सहभागिता हुनुपर्ने विषयमा हाम्रो संगठन अनेरास्ववियू जोडदार माग गर्दछ।’

 त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियू चुनाव गर्दै छ। स्ववियू चुनाव मिश्रित निर्वाचन प्रणालीमा हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार