• शनिबार, साउन ९ २०८३

अनेरास्ववियुको २३ औँ महाधिवेशन सुरु, अध्यक्षमा लामिछाने र बडाल आकांक्षी


मंगलबार, फाल्गुन २ २०७९
1.2K
Shares

काठमाडौँ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार ! गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने नाराको साथ आजबाट सुरु भएको महाधिवेशन ४ गतेसम्म चल्नेछ । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार