काठमाडौँ । शहिद गङ्गालाल अस्पतालले गरेको एक सर्वेक्षणमा प्रत्येक एक सयमा एक जनालाई जन्मजात मुटु रोग भएको देखिएको छ ।
अन्तर्राष्ट्रिय मुटुरोग सप्ताह ९७–१४० मनाइरहँदा सोमबार अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त तथ्याङ सार्वजनिक गरेको छ ।
सरकारी र निजी विद्यालय गरेर १३ हजारमा मुटुको भिडियो एक्सरे इको० गर्दा १५४ जना बालबालिकामा जन्मजात मुटु रोग भेटिएको छ ।
गत पुष महिनाबाट सुरु गरेको माघसम्ममा जन्मजात मुटुरोगी धेरै भेटिएको बाल मुटुरोग विशेषज्ञ डा उर्मिला शाक्य बताउँछिन् । ‘हामीले खासमा वाथ मुटु रोगको अवस्था हेर्न खोजेका हौँ’,उनी भन्छिन्, ‘जन्मजात मुटुरोग बिरामी बढेको देखिन्छ ।’
त्यसैगरी गङ्गालालकी नर्सिङ सुपरभाइजर सुनिता खड्काले १३ हजारको परीक्षणमा वाथ मुटु रोग जम्मा नौ जनामा भेटिंदा १५४ जनामा जन्मजात मुटु रोग देखिएको बताइन् ।
‘यो जति छिटो पत्ता लगाएर उपचार गर्यो उति नै छिटो सन्चो हुन्छ’ उनले भनिन् । पाँचदेखि १५ वर्ष उमेर समुहका बच्चाहरुमा वाथ, मुटु तथा ज्वरो धेरै देखिने भएकाले उक्त समस्या समाधानका लागि सर्वेक्षण गरिएको अस्पतालले जनाएको छ ।
यो पनि