• शनिबार, साउन ९ २०८३

सरकार र मजदुरवीच सहमती, यातायात बन्द फिर्ता


मंगलबार, फाल्गुन २ २०७९
915
Shares

काठमाडौं । हिजोदेखि काठमाण्डौं उपत्यकामा सार्वजानकि सवारी बन्द गर्दै तोडफोडमा उत्रिएको मजदुर र सरकारवीच आज सहमती भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको बताइएको छ ।

यससंगै यातायात मजदुरले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्द फिर्ता लिएका छन् ।

वार्तामा सहभागी एक सदस्यका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

त्यस्तै ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने । यातायात मजदुरले उठाएको माग र कानून संशोधनका मुद्दालाई यातायात क्षेत्र सुधार कार्यदलले सम्बोधन गर्ने, आज बन्दको क्रममा पक्राउ गरिएका मजदुरलाई तत्काल रिहाई गर्ने सहमति भएको

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार