• सोमबार, साउन ११ २०८३

साढे ३ लाख डोज फाइजरको नयाँ खोप नेपाल आइपुग्यो


मंगलबार, फाल्गुन २ २०७९
630
Shares

काठमाडाैँ । कोरोना भाइरस विरुद्धको फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत सोमबार बिहान नेपाल आइपुगेको सो खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । 

सो खोप बुस्टर डोजको रुपमा प्रयोग गरिने विभागले जनाएको छ । बाइभ्यालेन्ट खोप पहिलोपटक नेपाल भित्र्याइएको हो । यो खोप ओमिक्रोनको सबभेरिएन्टविरुद्ध प्रभावकारी मानिएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको १५ लाख डोज नेपालले पाउनेछ । जसमध्ये तीन लाख ४५ हजार डोज खोप सोमबार नेपाल आइपुगेको हो । बाँकी खोप अब तीन चरणमा नेपाल ल्याइने विभागले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार