काठमाडौं । काठमाडौँ उपत्यकामा यातायात मजदुरले आज सार्वजनिक यातायात ठप्प पारेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्द गरेका हुन् । उपत्यकामा बिहानैदेखि सार्वजनिक सवारी चलेका छैनन् ।
अचानक भएको सवारी ठप्पका कारण हजारौं यात्रु अलपत्र परेका छन्।
यसैवीच सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ।
बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो।