• शनिबार, साउन ९ २०८३

‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ?’


सोमबार, फाल्गुन १ २०७९
1.1K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूमा अझै किताब नपुगेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन। जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ।’

अन्यत्र भने वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ।

हिमाली जिल्लामा तत्कालै किताब पठाउनुपर्ने उनले बताए। उनले मतपत्र छाप्ने सरकारले किन किताब छाप्न सक्दैन भन्ने प्रश्न पनि गरेका छन्।

‘सरकारले मतपत्र छाप्न सक्छ, किताब किन छाप्न सक्दैन यो प्रश्न हो। छिटो किताब उपलब्ध गराइयोस्,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार