सुदीप श्रेष्ठ
गोरखा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामुदायीक बिद्यालयलाई सरकारले गुणस्तरिय शिक्षाको मुल थलो बनाउने नीति लिएको बताएका छन् ।
आईतवार गोरखा नगरपालिका ९ काे महालक्ष्मी माध्यमीक बिद्यालय लक्ष्मी बजारको ४७ औ बार्षिकोत्सब तथा अभिभावक दिवस समाराेहलाई सम्बाेधन गर्दै उनले देशभरका सामुदायिक विधालयकाे गुणस्तर विकासकाे याेजनामा सरकार रहेकाे बताएका हुन् ।
देशको विकास, प्रगति र समृद्धिका निम्ती गुणस्तरिय शिक्षा अनिवार्य रहेकाे बताउदै मन्त्री श्रेष्ठले अब सामुदायिक शिक्षालाई सुधार्नुकाे विकल्प नरहेकाे बताए ।
‘सामुदायिक शिक्षालाई कसरी गुणस्तरीय ढङ्गले अघि बढाउने भनेर हामी गम्भिर छलफलमा छाै’ उनले भने ‘अबकाे याेजना र बजेटकाे धेरै लगानी शिक्षा क्षेत्रमा केन्द्रित हुन्छ ।’
उच्च तहसम्म आम जनताका छोराछोरीले सर्बसुलभ र गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने गरी याेजना तयार पार्न सरकार गृहकार्यमा रहेकाे समेत उनले जानकारी दिए ।