मोहसिन अलि मियाँ
गोरखा । भारतीय सिमानामा रोकिएका बिभिन्न ४२ जिल्लाका ७ सय १४ जना नेपालीलाई नेपालगन्ज नाकाबाट स्वदेश भित्र्याइएको छ।
बिहीबार राति भारतको बहराइचबाट भित्रिएका उनीहरु गोरखा सहित ४२ जिल्लाका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सिभिलखबरलाइ बताए ।
नेपाल प्रवेश गर्नेमा सबैभन्दा बढी बाँके र बर्दिया जिल्लाका रहेकाे समेत उनकाे भनाइ छ । ‘आधा त बाँके, बर्दिया कै हुनुहुन्छ, अरु अन्य बिभिन्न जिल्लाका हुनुहुन्छ’ प्रजिअ खड्काले सिभिलखबरलाई भने ‘सबैको आरडीटि टेष्ट गरेर पठाएका छौ ।’
आरडीटि परिक्षणका क्रममा नेपाल प्रवेश गर्ने मध्ये ३ जनाको भने नतिजा पोजेटिभ देखिएको समेत उनले जानकारी दिए । पोजेटिभ देखिएका ३ जनालाई नेपालगञ्ज मै राखिएको र पिसिआर परिक्षण गर्ने तयारी रहेको उनले बताए ।
यसरी प्रवेश गर्नेमा गोरखाका एक जना, तनहुँका ५ जना, स्याँजाका ७ जना, बाग्लुङ्गका २ जना, पाल्पाका २ जना, चितवनका ४ जना रहेकाे सिभिलखबरलाइ प्राप्त तथ्यांकमा उल्लेख छ ।
लकडाउनको समयमा सिमानासम्म आएका उनीहरुलाई भारतीय जिल्ला बहराइचमा राखिएको थियो। उनीहरुलाई चार ठाउँमा सेल्टर व्यवस्थापन गरेर भारतले राखेको थियो।
भारतीय प्रशासनसँग आ -आफ्ना नागरिकलाई आवतजावत गर्न दिने सहमति भएपछि नेपालमा रोकिएका भारतीयलाई पनि पठाइएको छ। करिब १ हजार ४ सय ८३ जना भारतीय आफ्नो देश फर्किएको प्रजिअ खड्काले बताए।
भारतमा रेल सेवा सुरु भएपछि त्यहाँबाट सयौंको संख्यामा नेपालीहरु फर्किन थालेका छन्।
हेर्नुस कुन जिल्लाका कति ?
