काठमाडाैँ । आन्दोलनरत चिकित्सक संघ र सरकारबीच सहमती भएकाे छ ।
देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सम्झौँता भएको हाे । सम्झौँता पछि चिकित्सकहरुले आव्हान गरेको सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद् बैठकलाई सम्बोधन गरी फर्कने क्रममा सडकमा निस्किएको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लाठी चार्ज गरी घाइते बनाएको थियो।
संघ र सरकारवीच सहमतीपछि आन्दोलनमा रहेका देशभरका चिकित्सक आ आफ्नो जिममेवारी आजैदेखि काममा फर्किन तयार भएकाे बताइएकाे छ ।
हेर्नुस सहमती पत्र

